७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा प्रदर्शनी हुँदैछन् यस्ता एड्भेञ्चर मोटरसाइकल




काठमाडौं– भदौ ११ गतेदेखि १६ गतेसम्म हुने नाडा अटो शो २०२४ मा केही कम्पनीहरुले एड्भेञ्चर मोटरसाइकल भित्र्याउने भएका छन् ।

शोमा सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता भीजीले सुजुकी भी स्ट्रोम २५० ल्याउने भएको छ । यसमा २४९ सीसी सिंगल सिलण्डर आयल कुल्ड इञ्जिन रहेको छ । यस इञ्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स पाउन सकिन्छ ।

यस्तै रोयल इनफिल्ड नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले हिमालयन ४५० एड्भेञ्चर नाडा अटो शोमा प्रदर्शन गर्दैछ । कम्पनीले शेर्पा नाम दिएर ल्याएको इञ्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ४५२ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड, ४ भल्भ इञ्जिन रहेको छ ।

यस्तै ऋषि ट्रेड सेन्टरले ४५० सीसी क्षमताको सीएफ मोटो एमटी ४५० प्रदर्शन गर्ने भएको छ । अत्याधुनिक फिचर र प्रविधि भएको यस एड्भेञ्चर मोटरसाइकल एमटी ४५० मा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

  :