७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कपनमा टाटाको पञ्च ईभीको टेष्ट ड्राइभ




नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहिबार काठमाडौंको कपनमा पञ्च ईभीको टेष्ट ड्राइभ गराएको छ । टेष्ट ड्राइभमा डिलरसँगै सिप्रदी ट्रेडिङका व्यवस्थापन टिम, सर्भिस टिम सहभागी रहेका थिए ।

आगामी भाद्र ११ गतेदेखि हुने नाडा अटो शोमा पञ्च ईभी सार्वजनिक गरिने भएको छ । सिप्रदीले केही दिन अगाडिदेखि पञ्च.ईभीको प्रि बुकिङ समेत खुला गरिसकेको छ । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभीले ४२१ किलोमीटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।

पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।

  :