७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एनआईयूको इलेक्ट्रिक बाईक, मूल्य दश लाख




काठमाडौं–इको इन्फिनिटीले एनआईयूको इलेक्ट्रिक स्पोर्टी मोटरसाइकल नेपाल आएको छ । आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा उक्त मोटरसाइकल प्रदर्शनमा राखिने कम्पनीले जनाएको छ । कम्पनीले उक्त मोटरसाइकलको अधिकतम मूल्य पनि सार्वजनिक गरेको छ । मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

७.५ किलोवाट मोटर क्षमताको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकलमा ५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध रहेको छ । यसमा रहेका व्याट्रीलाई ४ घन्टा लगाएर चार्ज गर्न सकिन्छ भने फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड १०० किलोमिटर क्षमता रहेको छ ।

यो मोटरसाइकलमा एन्टिलक ब्रेकिङ सिस्टम, जिपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता फिचर उपलब्ध छन् । यसमा सबै एलइडी लाईट, डबल डिस्क ब्रेक, कि(लेस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

  :