७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गोंगबुमा एक्सप्रेस टी बिद्युतीय ट्याक्सीको सर्भिस सेन्टर सञ्चालनमा




काठमाडौं–ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै एक्सप्रेस टी बिद्युतीय ट्याक्सीको काठमाडौंको गोंगबुका नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।

सर्भिस सेन्टर उद्घाटन अवसरमा भाद्र ५ देखि ७ गतेसम्म शुभारम्भ क्याम्प समेत आयोजना गरिएको छ । उक्त क्याम्प अन्गर्तत सर्भिसिङ गर्दा लेवर चार्ज, गाडीको टप वास, सस्पेन्सन चेकअप, मल्टी प्वाइन्ट चेकअप, ब्रेक चेकअप, ब्याट्री र इलेक्ट्रकल चेकअप, कम्प्युटर डाइग्नोसिस र आँखाको चेकअप लगायतका सुविधाहरु निःशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । यसका साथै स्पेयर पार्टस र ल्युब्रिकेन्टसमा छुट दिएको छ ।

एक्सप्रेस टी विद्युतीय ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधाहरु सहितको यस सर्भिस सेन्टर मार्फत ग्राहक सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ ।

  :