७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिजी मोटर्सले ल्यायो ‘नाडा बोनान्जा’, एवोन वाई खरिद गर्नेलाई यस्तो छ सुविधा




काठमाडौं– जीएसी मोटर्सको आधिकारिक बिक्रेता सिजी मोटर्सले एवोन वाई मोडलमा ‘नाडा बोनान्जा’ स्कीम सार्वजनिक गरेको छ । भाद्र ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शो २०२४ मध्यनजर राखेर कम्पनीले यो स्कीम सार्वजनिक गरेको हो ।
स्कीम अनुसार हरेक एवोन वाईको खरिदमा हिरोको जुम स्कुटर पाउन सक्नेछन् । कम्पनीले स्कुटर नलिने ग्राहकलाई ताज मेगौली सेराईमा दुई जनाको लागि बस्न, खान र जंगल सफारी गर्न दिनुको साथै, ६५ इन्चको एलजीको टेलिभिजन दिने जनाएको छ । यसका अलावा एवोन वाई खरिद गर्ने ग्राहकले फाइनान्सको सुविधा, एक्सचेन्ज सुविधा र नगद छुट समेत पाउने छन् ।

चिनियाँ ब्राण्ड जीएसीको इलेक्ट्रीक क्रसओभर मोडल फिचर लोडेड मोडल हो । यसमा ६१.५४ किलोवाट आवरको म्याग्जिन टेक्नोलोजीमा आधारित लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग भएको छ । यसले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिनेछ ।
यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम प्रदान गर्छ ।

  :