माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

साइमेक्स इंकले नाडा अटो शोमा बीवाईडीको सी–लायोन ०७ इभी राख्ने




काठमाडौं–नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडा अटो शो २०२४ मा सी–लायोन ०७ इभी प्रदर्शनीमा राख्ने भएको छ ।

कम्पनीले पहिलो पटक राइट ह्याण्ड ड्राइभ मोडल प्रदर्शनीमा राख्न लागेको हो । सी–लायोन ०७ एउटा मिड साइजको इलेक्ट्रिक एसयूभी हो । सी–लायोन ०७ लाई अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल वाई किया ईभी–६ सँग प्रतिस्पर्धा गर्ने गरी निर्माण गरिएको अनुमान गरिएको छ ।

यो गाडीमा लम्बाई ४८३० एमएम, चौडाई १९२५ एमएम, उचाई १६२० एमएम छ । यसमा २९३० एमएम लामो ह्वीलवेस छ । त्यसैगरी भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको कम्पनीले जनाएको छ ।

  :