माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

नाडा अटो शो २०२४ आजदेखि भृकुटीमण्डपमा, झण्डै २० अर्बको कारोवार हुने अपेक्षा




काठमाडौं– अटो व्यवसायीहरुको ‘कुम्भ मेला’ को रुपमा रहेको नाडा अटो शो २०२४ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएकोे छ ।

भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने नाडा अटो शोमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिने नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

प्रदर्शनीमा ३३ कम्पनीहरुले लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरुको प्रदर्शन गरेका छन् । प्रदर्शनीमा १३० स्टलहरुमा ९५ प्रदर्शकहरुले आफ्ना उत्पादन र सेवाहरु प्रदर्शन गरेर्को समेत नाडाले जनाएको छ । शोमा विभिन्न ब्राण्डले आकर्षक अफरहरु ल्याएका छन् ।

नाडाका अनुसार प्रदर्शनीमा ७ वित्तीय संस्थाहरुले अनुकूल वित्तीय समाधानहरु प्रदान गर्नेछन् । प्रदर्शनीलाई चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरुमा विभाजन गरिएको छ । नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । यस बर्ष नाडा अटो शो पहिलेको भन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको छ ।

यस बर्षको नाडा शोमा झण्डै २० अर्बको कारोवार हुने अटो व्यवसायीहरुले अनुमान लगाएका छन् । नाडा अटो शोमा व्यवसायीहरुले एक बर्षसम्म बिक्री गर्ने गाडीको झण्डै ४० प्रतिशत कारोवार गर्ने गरेका छन् ।

  :