७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जिहोको इलेक्ट्रिक स्कूटर एई४ सार्वजनिक, मूल्य ३ लाख




काठमाडौं–जिहोको नवीनतम इलेक्ट्रिक स्कूटर एई ४ नेपाली बजारमा आएको छ । जिहोको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने उद्देश्यका साथ यो स्कूटर नाडा अटो शोमा आज सार्वजनिक गरेको हो । कम्पनीले यस स्कूटरको शुरुवाती मूल्य २ लाख ९९ हजार ९९९ तोकेको छ ।


जिहो एई ४ को ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किलोमिटर प्रतिघण्टाको गति पु¥याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।


सुरक्षालाई प्राथमिकता दिँदै एई ४ मा रहेको एबीएस र ईटीसीएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रण प्रदान गर्दछ । कोलिजन र्वार्निङ सिस्टम र स्लोप होल्ड जस्ता अतिरिक्त सुविधाहरूले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनएफसी किलेस इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिक की जस्ता बहुविधि अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्ने कम्पनीले जनाएको छ ।

  :