७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सेरेस ईभीमा विशेष अफर




काठमाडौं–सेरेस द्र्दभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ कम्फर्ट मोडलका लागि विशेष अफर घोषणा गरेको छ । नाडा अटो शो २०२४ को अवसरमा कम्पनीले विशेष अफर घोषणा गरेको हो ।

अब नयाँ सेरेस ३ कम्फर्ट मोडल ४५ लाख ४९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रहेको छ ।

यो भन्दा पहिले यी दुई भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ थियो । यस अनुसार दुई मोडलको मूल्यमा ४ लाख ५० हजार रुपैयाँ सम्म कमी आएको छ । सो विशेष अफरले नयाँ सेरेस ३ लाई अपार मूल्यको साथ उपलब्ध गराएको छ ।

सेरेस ३ ले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर र स्टाइलिश एसयूभी डिजाइनलाई संयोजन गर्छ। बलियो सडक उपस्थिति र प्रभावशाली अफरोड क्षमताहरूका लागि परिचित सेरेस ३ ईभीले कठिन कोरला सिमानाको भूभागलाई पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा समेत प्रमाणित गरेको छ । सो विशेष अफरले नयाँ सेरेस ३ लाई अपार मूल्यको साथ उपलब्ध गराएको बताइएको छ ।

सेरेस ३ ले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर र स्टाइलिश एसयूभी डिजाइनलाई संयोजन गर्छ। बलियो सडक उपस्थिति र प्रभावशाली अफरोड क्षमताहरूका लागि परिचित सेरेस ३ ईभीले कठिन कोरला सिमानाको भूभागलाई पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा समेत प्रमाणित गरेको छ ।

  :