चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

दिपलको गाडी किन्दा बिग ब्याङ अफर, मूल्यमा भारी कटौती




काठमाडौं– दिपल ईभी कार उत्पादक चाँगानको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नाडा अटो शो केन्द्रीत ग्राहक स्किम बिग ब्याङ अफर घोषणा गरेको छ ।

यो अफरमार्फत कम्पनीले दिपल एस ०७ को मूल्यमा ३ लाख रुपैयाँ कटौती गरेको छ । यो अफरमार्फत ग्राहकवर्गले सबैभन्दा बढी फिचर रहेको दिपल ईभीको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । बिग ब्याङ अफर अन्तर्गत ग्राहकहरुले दिपल एस ०७ प्रि बजेट मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँ वा ७ बर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

यसका साथै दिपल एल ०७ इलेक्ट्रिक सेडानलाई ७ बर्षको लागि ७.९९ निश्चित ब्याजदरमा किन्न सक्ने कम्पनीले जनाएको छ । दिपल एस ०७ अत्याधुनिक डिजाइन र प्रविधिका कारण ग्राहकहरुले निकै रुचाएका छन् ।

  :