माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

एकै दिनमा एक सय वटाभन्दा बढी पञ्च ईभीको बुकिङ




काठमाडौं– काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा जारी नाडा अटो शो २०२४ मा सार्वजनिक गरिएको टाटाको पञ्च ईभीको बुकिङ तीब्रताका साथ भईरहेको टाटा गाडीको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।

कम्पनीका अनुसार बिक्री शुरु भएको पहिलो दिनमा नै नेपालभरिबाट एक सयभन्दा बढी पञ्च ईभी गाडीको बुकिङ भएको छ । नाडा अटो शोको पहिलो दिन मंगलबार सिप्रदी ट्रेडिङ पञ्च ईभीको तीन भेरियन्ट सार्वजनिक गर्दै मूल्य समेत तोकेको थियो । जसको मूल्य एम्पावर्ड प्लस एसएमआरलाई ३३ लाख ९९ हजार, एलआरको ३६ लाख ९९ हजार र प्लस एसएलआरको ३८ लाख ०० हजार तोकिएको छ ।

सिप्रदीले टाटा पञ्च ईभी खरिद गर्दा आठ बर्षसम्म चार्जिङ निःशुल्क गर्ने अफर ल्याएको छ । कम्पनीका अनुसार पञ्च ईभी खरिद गर्ने ग्राहकहरुले आठ बर्षसम्म टाटाको नेटवर्कमा रहेका सम्पूर्ण चार्जिङ स्टेसनमा निःशुल्क चार्ज गर्न सक्नेछन् । पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ ।

३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभीले ४२१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । ५६ मिनेट फूल चार्ज हुने यो गाडीको टर्क पावर १९० एनएम रहेको बताइएको छ ।

  :