७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बिङ्गो इलेक्ट्रिक कारको मूल्य घट्यो




काठमाडौं– विलिङको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्वलाई लक्षित गर्दै बिङ्गो कारको मूल्य घटाएको छ ।

नाडा अटो शो जारी रहेकै अवस्थामा कम्पनीले यस अगाडि छूटसहित ३१ लाख ९९ हजारमा बिक्री गर्दै आईरहेको बिङ्गो कारको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै कम्पनीले या अफर सार्वजनिक गरेको हो ।

बिङ्गो इलेक्ट्रिकमा ३१.९ किलोवाट आवरको ब्याट्री प्याक छ भने ४९ किलोवाटको मोटर छ । यसले ३३३ किलोमीटर रेञ्ज दिने कम्पनीले जनाएको छ । लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम रहेको यस कारमा ह्वीलवेस २५६० एमएम छ ।

यस कारमा आकर्षक एक्स सेपको एलइडी डीआरएल, १५ इन्चको ह्वील, डिउल टोन फ्लोटीङ रुफ र एक्स सेपकै एलइडी टेललाइट रहेको कारको चारै चक्कामा डिस ब्रेक पाउन सकिन्छ ।

  :