माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

उत्साहजनक देखियो ट्राइम्फ मोटरसाइकलको बुकिङ




काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकल निकै लोकप्रिय रहेको दावी उक्त मोटरसाइकलको आयातकर्ता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गरेको छ ।

नाडा अटो शोबाट नेपाली बजारमा भित्रिएको ट्राइम्फ मोटरसाइकल नाडा अटो शोको चार दिनमा नै १ सय ५० युनिट बुकिङ भएको कम्पनीले जनाएको छ ।

जारी नाडा अटो सोमा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पिड ४०० सार्वजनिक गरिएको छ। ट्राइम्फ स्क्रेम्बलरको मूल्य ६ लाख ८९ हजार ९ सय र स्पिडको ६ लाख ३९ हजार ९ सय तोकिएको छ ।

मोटरसाइकलप्रेमीका उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङले ट्राइम्फको लोकप्रियता पुष्टि गरेको कम्पनीको भनाइ छ। गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले ‘यस उपलब्धिले आफूहरुलाई निकै गर्वित बनाएको बताएका छन् ।

  :