७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘एलईभी ०१’ कार नेपाली बजारमा, मूल्य पनि सार्वजनिक




काठमाडौं– सांघाई लञ्च अटोमोटिभको एलएस अटो पहिलो प्रिमियम एसयूभी कार ‘एलईभी ०१’ नेपाली बजारमा ल्याइएको छ । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक वेबोर गु्रप अन्तर्गतको नेक्सन भेञ्चर्स प्रालिले नेपाली बजारमा ल्याएको यस गाडीको कम्पनीले सोमबार अधिकतम मूल्य पनि सार्वजनिक गरेको छ ।

यो साघाई लञ्च अटोमोटिभले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रिमियम एसयूभी हो । कम्पनीका अनुसार एलईभी ०१ एसईको मूल्य ६१ लाख ९० हजार रुपैयाँ र एलईभी–०१ सीईको मूल्य ७१ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

प्योर ईभी प्लेटफर्ममा निर्मित प्रिमियम इलेक्ट्रीक एसयूभी एलईभी–०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम रहेको छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एलईभी–०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ ।

  :