१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नाडा प्रदर्शनीमा स्काईवेलका १२६ गाडी बुकिङ




काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ देखि १६ गतेसम्म भएको नाडा अटो शो २०२४मा जी मोटर्सले भित्र्याएको स्काईवेल ब्राण्डका १२६ थान गाडी बुकिङ भएको छ ।

स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्सले स्काईवेल ईटी ५ र बीई ११ गरि १२६ थान बुकिङ भएको जनाएको हो । कम्पनीका अनुसार ४१० किलोमिटर रेञ्ज दिने भेरियन्टको मूल्य ८० लाख रुपैयाँ तोकिएको छ तर नाडा अटो शोमा आएर बुकिङ गर्दा ७५ लाख ९० हजार रुपैयाँमा पाउन सकिने व्यवस्था गरिएको थियो ।

यस्तै ५२० रेञ्ज दिने अर्को भेरियन्ट गाडीको मूल्य ९० लाख रुपैयाँ पर्ने भए पनि नाडा अटो शोमा ८५ लाख ९० हजारमा बुकिङ गर्न सकिने कम्पनीले जनाएको थियो । कम्पनीले दुवै भेरियन्टमा १५० किलोवाट मोटरपावर रहेको जनाएको छ । कम रेञ्जमा ५८ किलोवाट आवर र माथिल्लो रेञ्जमा ७१ किलोवाट आवरको ब्याट्री प्याक छ । ईयु सर्टिफिकेसन लिने पहिलो चाइनिज गाडी पनि स्काईवेल रहेको कम्पनीले जनाएको छ ।

  :