७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीएडब्लुको ब्रम्बी ग्राहकहरुको रोजाईमा, १२९ युनिट बुकिङ



काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ गतेदेखि १६ गतेसम्म भएको नाडा अटो शो २०२४ मा एलआरआर मोटर्सले ल्याएको बीएडब्लुको ब्रम्बी पनि निकै लोकप्रिय भएको छ ।

नयाँ ब्राण्डको यो ईभी ग्राहकहरुले निकै रुचाएका छन् । ब्रम्बी ईभीको धेरै विशेषताहरुका साथै मूल्य पनि सस्तो भएका कारण मनपरेको ग्राहकहरुले बताएका छन् । नाडा अटो शोमा बीएडब्लु ब्रम्बी १२९ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ ।


कम्पनीले ब्रम्बी ईभीको मूल्य २१ लाख ९० हजार तोकेको छ । १७.२८ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर भएको ब्रम्बी ईभीले सिंगल चार्जमा २०५ किलोमीटर रेञ्ज दिने कम्पनीको भनाई छ ।


सस्तो मूल्य, आकर्षक डिजाईन र प्रशस्तै फिचरहरु रहेकाले ब्रम्बीका मिनिकारहरु मध्यम वर्गका ग्राहकहरुको पहिलो रोजाई परिरहेको छ । एउटा सानो परिवारका लागि उपर्युक्त ब्रम्बीका कारहरुप्रति ग्राहकहरुको आकर्षण बढेको हो ।
ब्रम्बी कार होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिनेछ । कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम रहेको छ ।

यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ । सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

  :