७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

निसानको विशेष छूट योजना




काठमाडौं– नजिकिरहेको चाडपर्वको अवसरमा नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पर्ले निसान फेस्टिभ डिल’ को विशेष छूट योजना ल्याएको छ । पायोनियर माटोकर्पले सम्पूर्ण ग्राहकहरुलाई नजिकको निसान शोरुममा भिजिट गरी यो नयाँ योजनामा छूट तथा सुविधाहरुको मजा लिन आह्वान समेत गरेको छ ।


‘निसान फेस्टिभ डिल’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउने छन्, जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा, निःशुल्क ३ बर्षको सडक कर, निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टी र १५ लाख रुपैयाँ सम्मको छुटहरूबाट लाभान्वित हुन सकिने कम्पनीले जनाएको छ छ ।

निसान म्यागनाइट – एक बिग, बोल्ड, ब्युटिफुल र ’कारिजम्याटिक’ एसयूभी नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशत सम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने छ ।

त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयूभी हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र उच्चस्तरको प्रविधिको साथ पारिवारिक एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्ने समेत कम्पनीले जनाएको छ।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ ।

  :