७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जेडएस ईभीको मूल्य ६ लाख घट्यो




काठमाडौं– एमजी मोटर्सको जेडएस ईभीको मूल्य भारी कटौती भएको छ । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्याएको जेडएस ईभीको एकैपटक ६ लाख रुपैयाँ मूल्य घटेको छ ।

यस अगाडि ५२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको यस ईभीको ४६ लाख ९९ हजार रुपैयाँमा किन्न पाइने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन र इन्टेरियरका कारण जेडएस ईभी ग्राहकहरुको रोजाईमा पर्दै आएको छ ।

यसमा ५१ किलोवाट आवरको ब्याट्री क्षमता भने ब्याट्री फुलचार्जमा ३२० किलोमिटर रेञ्ज दिने बताइएको छ । जेडएस ईभीमा ९९ किलोवाट क्षमताको मोटर छ ।

  :