७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दिगोको अटो कार्निभल सम्पन्न, ३ सय ग्राहकको उपस्थिति, ५ गाडी हस्तान्तरण, ३३ बुकिङ



काठमाडौं– नेपालमा बिद्युतीय सवारी साधनको प्रवद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो गु्रपले भाद्र १९ देखि २२ गतेसम्म काठमाडौंमा अटो कार्निभल २०२४ आयोजना गरेको छ । बल्खुको मोडर्न पार्टी प्यालेसमा चार दिनसम्म आयोजित कार्निभलमा ३ सयभन्दा बढी व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरुले उपस्थिति जनाएका थिए ।


सोही कार्निभलबाट दिगोले ५ वटा ११ सिटर ईभी भ्यान डीएफएसके डाँफेको हस्तान्तरण गरेको र ३३ वटा गाडीको बुकिङ्ग भएको जनाएको छ । कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रह्यो, जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग अदलवदल गर्न सक्ने सुविधा पाएका थिए। यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, एक्सचेन्जमा थप मूल्याङ्कन, इन्स्योरेन्स र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराएको थियो।

कार्निभलमा विद्युतीय गाडीको बिक्रीका साथै व्यावसायिक गाडीहरु भाडामा लिन मिल्ने सुविधा पनि दिगोले प्रदर्शन गरेको थियो जसमा ग्राहकले ५ लाख रुपैयाँ सम्म धितो राखेर मासिक १ लाख २५ हजारमा ५ वर्ष सम्म भाडामा लिएर ५ वर्ष पछि थप ५ लाख हालेर गाडी आफ्नै बनाउन मिल्ने छ । यस स्किम अन्तर्गत मोटर र ब्याट्रीमा आउने समस्या सबै कम्पनीले नै बेहोर्ने पनि दिगोले जनाएको छ । गाडी फिर्ता गर्दा भने ग्राहकले राखेको धितो पनि फिर्ता हुनेछ ।

चार दिनसम्म चलेको सो कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न विद्युतीय गाडीहरूको प्रदर्शनी ग¥यो । सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाए, जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान ग(यो। टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनु पनि कार्निभलको अर्को प्रमुख आकर्षण रह्यो।

सो कार्निभलको आयोजना दिगोले आफ्नो राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्ससँग गरेको थियो । दिगो ग्रुपले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने र देशभर विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

दिगोको राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका निर्देशक प्रविन खतिवडाले कर्निवल सफल भएको खुशी ब्यक्त गर्दै भने “हामीले पहिलो पटक आयोजना गरेपनि राम्रो मात्रामा बुकिङ्ग लिन सफल भएको छौँ । साथै ५ वटा गाडीको हस्तान्तरण पनि गरेको छौँ । यस कर्निवालमा उपस्थित हुनुभएको सबैजना प्रति हामी निकैनै आभार छौँ ।“

संगसंगै दिगो ग्रुपका संस्थापक राजन रायमाझीले भने, “दिगोले गाडीको बिक्रि मात्र नभई पूर्वाधारमा लगानी साथै ग्राहकलाई सुविधा दिनमा बढी केन्द्रित छ। यसै कारणले होला हामीलाई बजारले त्यतिनै मायाँ गर्नुहुन्छ । यस्तो कर्निवल अब दिगोले बार्षिक आयोजना गरिरहने छ ।

दिगो ग्रुपको ई–स्टप स्टलमा सहभागीहरूले विद्युतीय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर पाए। यसले दिगोको विद्युतीय सवारीसाधन बजारमा मात्रै नभई चार्जिङ इन्फ्रास्ट्रक्चरमा पनि लगानी गरिरहेको देखाउँछ।

  :