७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपाली बजारमा स्काइवर्थको डी–११ भ्यान, यस्तो छ विशेषता




काठमाडौं– फर्मी मोटर्स प्रालिले नेपाल भित्र्याएको स्काइवर्थको डी–११ भ्यान नेपाली बजारमा उपलब्ध भएको छ । केही दिन अगाडि सम्पन्न नाडा अटो शो २०२४ मा यो भ्यान सार्वजनिक गरिएको थियो ।

१९ सीटको क्षमताको यो इलेक्ट्रिक भ्यानको उचाई अग्लो भएकाले यात्रुहरुले सजिलैसँग उभिएर यात्रा गर्न सक्ने छन् । यस भ्यानको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यस भ्यानमा सुरक्षाका लागि एबीएस, ईबीडी, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ । यो भ्यानको प्रतिघण्टा अधिकतम ११० किलोमीटर रेञ्ज रहेको कम्पनीले जनाएको छ ।


यसमा ७०.६५ किलोवाट अवारको एलएफपी ब्याट्री प्याक दिइएको छ । डी ११ मा तथा १२० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । यसको पीकटर्क भने ३५० न्यूटन मिटर रहेको छ । यसलाई सिंगल चार्जमा ३०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । एसी र डिसी फास्ट चार्जर सपोर्ट गर्ने डी(११ मा जीबीटी चार्जिङ पोर्ट छ ।

स्काइवर्थ डी–११ को लम्बाइ ६०४० एमएम, चौडाइ २०२० एमएम, उचाइ २७०० एमएम छ । यसमा ३६६५ एमएम लामो ह्वीलबेस रहेको छ ।

  :