७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पञ्च.इभीको डेलिभरी जारी, काठमाडौंमा सयभन्दा बढीको डेलिभरी



काठमाडौं– टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाको पञ्च.ईभीको काठमाडौंमा एक सयभन्दा बढीको डेलिभरी गरेको छ ।

यस बर्षको नाडा अटो शो २०२४ मा पञ्च इभीको तीन भेरियन्ट सार्वजनिक गरिएको थियो । एक साताको अवधिमा सिप्रदीले एक सयभन्दा बढी पञ्च इभीको डेलिभरी गरेकोक हो । नाडा अटो शोमा पञ्च इभीको बुकिङ उत्साहजनक रहेको थियो । बुकिङ गरेका ग्राहकहरुलाई जतिसक्दो छिटो डेलिभरी गर्ने लक्ष्यका साथ सिप्रदी अगाडि बढेको जनाएको छ । पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । टाटा पञ्च इभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो ईभीको झापाको बिर्तामोडबाट रिजनल लञ्च शुरु भएको पनि सिप्रदी ट्रेडिङले जनाएको छ ।

३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभीले ४२१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । ५६ मिनेट फूल चार्ज हुने यो गाडीको टर्क पावर १९० एनएम रहेको बताइएको छ ।


गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।

  :