७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भदौ २९ र ३० गते केईका कारहरुको टेष्ट ड्राइभ




काठमाडौं– लक्ष्मी ई मोबिलिटीले नेपाल भित्र्याएको केई ब्राण्डका बिद्युतीय कारहरुको भदौ २९ गते शनिबार र ३० गते आइतबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म टेष्ट ड्राइभ आयोजना हुने भएको छ ।

नाडा अटो शो २०२४ मा सार्वजनिक गरिएको केईका कारहरुको तीनै मोडलको टेष्ट ड्राइभ आयोजना हुने कम्पनीले जनाएको छ । केईका कारहरु १९ लाख रुपैयाँदेखि ४९ लाख रुपैयाँसम्मका छन् । कम्पनीले केईको एसयूभी एक्स थ्री प्रो, ई–क्यूट ०४, ई–क्यूट ०२ मोडलको कार नेपाल ल्याएको छ । कम्पनीले आफ्नो थापाथली र नक्साल भाटभटेनी शोरुममा टेष्ट ड्राइभ गर्ने वातावरण मिलाएको छ ।

कम्पनीले टेष्ट ड्राइभ गर्ने हरेक सहभागीलाई हात खाली नहुने आकर्षक उपहार पनि राखिएको जनाएको छ । टेष्ट ड्राइभ गर्नेहरुमध्येबाट भाग्यशाली एक जनालाई बोस्चको मिक्सचर ग्राइण्डर उपहारस्वरुप प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

  :