२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

टाटाको नयाँ शोरुम बीरगञ्जमा, पञ्च ईभीको डेलिभरी शुरु




काठमाडौं– टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको बीरगञ्जमा आधिकारिक डिलरको रुपमा रहेको प्राइम अटो टेलर्सको नयाँ शोरुम सञ्चालनमा आएको छ ।

उक्त शोरुमबाट एक कार्यक्रमका बीचमा पञ्च ईभीको डेलिभरी पनि शुरु भएको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले शोरुमको रिबन काटेर उदघाटन गरेका थिए ।

पञ्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगन्ज लन्चको मौका पारेर नंया शोरुमको पनि उदघाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोही कार्यक्रममा पञ्च ईभी बुक गरेका ग्राहकहरुलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको सापकोटाले बताए ।

टाटा पञ्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजार रहेको छ ।

  :