७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सीजी मोटर्सद्वारा दायुन युइहु एसयुभी सार्वजनिक, यस्ता छन् विशेषता




काठमाडौं– सीजी मोटर्सले दायुन युइहु सब(कम्प्याक्ट एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको छ।


दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सी।जी। मोटर्सले जनाएको छ। दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ जसले १०५ एन।एम। को टर्क जेनेरेट गर्दछ भने यसमा ३०।६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्दछ भने २०५ बाट ८०५ चार्ज गर्न डिसी चार्जर मार्फत ५० मिनेट भन्दा कम लाग्दछ।

दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १५०००० किलोमिटरको वारेण्टी पाउन सकिन्छ भने यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १२०००० किलोमिटरको वारेण्टी प्रदान गरेको छ। दायुन युइहु सब कम्प्याक्ट एसयुभीमा उत्कृष्ट २०१ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ। साथसाथै उक्त गाडी फिचर्सहरुले पनि भरिपूर्ण रहेको छ। ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए।बि।एस।, इ।बि।डि।, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।

नेपाली बजारमा इलेक्ट्रिक भेहीकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेपालका बिभिन्न स्थानमा २०० भन्दा धेरै चार्जिङ्ग स्टेशनहरु स्थापना गरिसकेको छ र यो संख्या अझै बढ्दो क्रममा रहेको छ। दायुन युइहु सब(कम्प्याक्ट एस।यु।भी। मा जि।बि।टि। प्रणालीको चार्जिङ्ग प्वाइन्ट रहेको हुनाले सी।जी। मोटर्सले सञ्चालनमा ल्याइसकेका चार्जिङ्ग स्टेशनहरु मार्फत नेपालभर ढुक्कसँग यात्रा गर्न सकिनेछ। दायुन युइहु सब(कम्प्याक्ट एस।यु।भी। को मुल्य रू. ३१ लाख रहेको छ ।


चीनको उत्कृष्ट अटोमोबाइल निर्माता, दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन हरु उत्पादन गर्दै आएको छ र चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ। बिक्रि बितरण सुरु गरेको दायुन ग्रुपले सन् २००४ मा कमर्सियल भेहीकल सेगमेन्टमा सेवा विस्तार गरेको थियो भने सन् २०१७ बाट आधिकारिक रूपमा न्यु इनर्जी प्यासेन्जर भेहीकल सेगमेन्टमा पनि प्रवेश गरेको पाइन्छ। ६ वटा उत्पादन केन्द्रहरू बाट वार्षिक १८७०००० गाडिहरु उत्पादन गर्ने दायुन ग्रुपले चीनी बजारमा व्यापक सफलता हासिल गरेको छ।

  :