७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिजी मोटर्सले दशैं अगाडि नै एक्स्पेङको जी सिक्स डेलिभरी गर्ने




काठमाडौं– एक्स्पेङको नेपालको लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले प्रि बुकिङ गरेका ग्राहकहरुले बहुप्रतिक्षित एक्स्पेङ जी सिक्स एसयूभी दशैं अगाडि नै पाउने जनाएको छ ।

एक्सपेङ जी सिक्स चीनबाट नेपालका लागि सिपिङ भईसकेको र चाँडै नै नेपाल आईपुग्ने सिजी मोटर्सले जानकारी दिएको हो । गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा कम्पनीले उक्त ईभीको बुकिङ लिएको थियो ।

प्रारम्भिक पूर्व अनुमान गरेभन्दा धेरै युनिटमा एक्स्पेङ जी सिक्सको बुकिङ भएको पनि कम्पनीले जनाएको छ । यसले एक्सपेङको स्वचालित ड्राइभिङ, अल्ट्रा–फास्ट चार्जिङ्, ५०ः५० लोड रेसियो र एसईपीए २.० जस्ता स्मार्ट ड्राइभिङ प्रविधिप्रति बढ्दो विश्वासलाई झल्काउने पनि कम्पनीले दावी गरेको छ यद्यपि कम्पनीले कति युनिटमा बुकिङ भएको भन्ने बारेमा भने स्पष्ट पारेको छैन ।

  :