७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीवाईडीको लोकप्रियता बढ्दो, एक महिनामा सवा चार लाख गाडी बिक्री



काठमाडौं– चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीको गाडी पछिल्लो पटक लोकप्रिय बन्दै गईरहेको छ । बीवाईडी गाडीको बिक्री विगत तीन महिनादेखि निरन्तर बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२४ को सेप्टेम्बर महिनामा मात्र झण्डै सवा ४ लाख युनिट सवारी साधन बिक्री गरेको तथ्यांक कम्पनीले सार्वजनिक गरेको छ ।


सेप्टेम्बरमा बीवाइडीले २ लाख ५२ हजार ६४७ युनिट पीएचईभी बिक्री गरेको थियो भने १ लाख ६४ हजार ९५६ युनिट बीईभी बिक्री भएको थियो । कम्पनीको कुल बिक्रीमा ६०.२३ प्रतिशत हिस्सा पीएचईभीको रहेको छ भने ३९.७६ प्रतिशत ब्याट्री इलेक्ट्रीकको रहेको छ ।

बीवाइडीको पीएचईभी बिक्री सन् २०२३ को सेम्टेम्बरको तुलनामा ८६.१७ प्रतिशत र ब्याट्री ईभी ९.१० प्रतिशतले बढेको छ ।
सन् २०२३ मा बीवाईडीले झण्डै ३० लाख गाडीहरु बिक्री गरेको थियो । जसमध्ये १६ लाख बिद्युतीय गाडीहरु थिए । नेपालको सन्दर्भमा भने बीवाईडीले सन् २०२३ मा २ हजार ८१ युनिट गाडी निर्यात गरेका थियो । जुन नेपालमा आयात हुने अन्य कम्पनीका गाडीभन्दा धेरै हुन् ।

  :