७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भरतपुरमा देशकै ठूलो चार्जिङ स्टेशन बनाउने तयारी भईरहेको छ : मेयर दाहाल




काठमाडौं– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नेपाल बिद्युत प्राधिकरणसँग सहकार्य गरेर भरतपुरमा देशकै ठूलो चार्जिङ स्टेशन बनाउने तयारी भईरहेको बताउनुभएको छ ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले चितवन उद्योग संघको सहकार्यमा बुधबारदेखि आयोजना गरेको काडा अटो एक्सपो २०८१ को उदघाटन गर्दै मेयर दाहालले स्टेशन बनाउनका लागि महानगरपालिकाले जमिन उपलब्ध गराउने र प्राधिकरणले निर्माण गर्ने बताउनुभएको हो । मेयर दाहालले सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चार्जिङ स्टेशन बनाउन लागेको पनि जानकारी दिइन ।


कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिद्युतीय सवारी साधनले देशको अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

अटोमोबाइल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त एक्सपोको आयोजना गरिएको हो ।

  :