९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिप्रदीयन सहायता संस्थाबाट पाँचखालमा बाढी प्रभावितहरुलाई राहत वितरण




काठमाडौं– सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेको पाँचखाल नगरपालिकामा बाढीबाट प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोविन्द उपाध्याय, रजत श्रेष्ठ र विमल गौतम लगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुप प्रतिघर डसना, सिरानी, झुल, जग, वाल्टिन, गिलास र थाल वितरण गरिएको हो । कार्यक्रममा नगरपालिकाको तर्फबाट संजय तामाङ्ग, अच्युत उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि क्रियाशील रहेको छ । यस संस्थाको स्थापना नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वको कार्यान्वयनको लागि गरिएको हो ।

सो संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ । साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पु¥याउने निष्ठा राखेको बताइएको छ ।

यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैवि प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्दार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।

  :