२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक सार्वजनिक




काठमाडौ‌– रोयल इनफिल्डले पनि अब इलेक्ट्रिक मोटरसाइकल ल्याउने भएको छ । रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ ।

इटालीको मिलानमा शुरु हुने इआइसीएमए (इक्मा) अटो शो २०२४ अगाडि नै रोयल इन्फिल्डले आफ्नो नयाँ इलेक्ट्रिक बाइक ब्रान्ड फ्लाइङ फ्ली सार्वजनिक गर्नुका साथै पहिलो मोडल सी–६ समेत लञ्च गरेको हो ।

क्लासीक मोटरसाइकल निर्माण गर्ने रोयल इनफिल्डले इलेक्ट्रिक मोटरसाइकल समेत क्लासीक स्टाइलमा नै तयार पारेको छ । यी मोटरसाइकलहरु २०२६ मा बजारमा आउने बताइएको छ ।

कम्पनीले यो मोडल दोस्रो वल्र्ड वारमा प्रयोग गरेको मोटरसाइकलको नामबाट लिएको हो । यसमा रेट्रो लुक भएको राउन्ड हेडल्याम्प दिइएको छ, जसमा एलईडी लाइट छ । आल्मुनियम फ्रेममा तयार गरिएको सो बाइकमा आकर्षक टेलल्याम्प, टायर हगर र टर्न इन्डिकेटर छ । यसको फ्रन्टमा युनिक गर्डर फोर्क सस्पेन्सन सिस्टम र रियरमा मोनोशक सस्पेन्सन सिस्टम छ ।

सो बाइकमा टचस्क्रिन टीएफटी डिस्प्लेका साथ इन–हाउस बिल्ड सफ्टवेयर पनि छ । यसलाई ओभर द एयर अपडेट गर्न सकिन्छ ।

  :