काठमाडौं– नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालको बजारमा उपलब्ध भईरहेको इलेक्ट्रिक कार आयोनिक ५ अब १ सय किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ ।
आयोनिक ५ यस अगाडि १२५ किलोवाट मोटरमा उपलब्ध थियो । एक सय किलोवाट मोटर क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । करिव एक महिना भित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने र १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले शोरुममा बुक गर्न सक्नेछन् ।
प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक ५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रिकल आर्किटेक्चरमा तयार गरेको हो । आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुनेछ । आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सक्ने पनि कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया