७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

बजाजको चेतक इलेक्ट्रिक स्कूटर नेपाली बजारमा ल्याउने तयारी




काठमाडौं– बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको चेतक इलेक्ट्रिक स्कूटर नेपाली बजारमा भित्र्याउने तयारी थालेको छ ।

कम्पनीले अहिले बजाजको मोटरसाइकल मात्र बिक्री गर्दै आईरहेको छ । बजाजले उत्पादन गरेको चेतक स्कूटर नेपाली बजारमा भित्र्याउन कम्पनीले अहिले परीक्षण गरिरहेको छ । बजाजको चेतक इलेक्ट्रिक स्कूटरमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडित छ भने ३.८ किलोवाटको मोटर छ । जसले स्कूटरमा ५.१ हर्षपावर र १६ एनएम टर्क क्षमता प्रदान गर्दछ ।

५ घण्टामा सामान्य प्लगबाट फूल चार्ज गर्न सकिने यस स्कूटरले ८५ देखि ९० किलोमीटर रेञ्ज प्रदान गर्ने बताइएको छ । कम्पनीले चेतक स्कूटरलाई २०२५ को शुरुवातदेखि नै नेपाली बजारमा बिक्री शुरु गर्ने योजना बनाएको छ ।

  :