१५ माघ २०८१, मंगलबार | Tue Jan 28 2025

नेपालमा भित्रियो बीवाईडीको सिगल




काठमाडौं– चिनियाँ बिद्युतीय गाडी उत्पादक कम्पनी बीवाईडीको बहुप्रतिक्षित सिगल गाडी नेपाल भित्रिएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ बर्ष २०२५ को अवसर पारेर यस ईभीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

साइमेक्स इंकले अहिले परीक्षणका लागि सिगलको एक युनिट मात्र नेपाल ल्याएको हो । सानो ह्याचव्याकको रुपमा विश्वभर चर्चा कमाएको बीवाइडी सिगल १० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा बिक्री हुँदै आएको छ । सिगल नेपालमा बहु प्रतिक्षित मोडल हो ।

इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिटसहित आउने सिगल बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको हो । सिगल ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । डिसी फास्ट चार्जर सपोर्ट गर्ने सिगलमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यसमा रहेको ठूलो ब्याट्रीले ४०५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।

  :