१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

बीवाईडीले ३० औ वार्षिकोत्सव मनायो, १ करोड न्यू इनर्जी भेहिकल उत्पादन गर्न सफल




काठमाडौं–विश्वकै ठूलो न्यु इनर्जी भेहिकल तथा पावर ब्याट्रीको क्षेत्रमा प्रमुख निर्माता कम्पनी बीवाईडीले आफ्नो ३० औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । आफ्नो ३० बर्षको यात्रामा बीवाईडीले १ करोड युनिट कार उत्पादन गरेको छ ।


सो अवसरमा बीवाईडीका अध्यक्ष वाङ चुआन्फुले सन् १९९५ मा २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिव १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रुपान्तरण भएको बताए ।
१ करोड न्यु इनर्जी भेइकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारी साधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ ।


हालसालै सार्वजनिक भएको डेन्जा जेड नाइनसँगै कम्पनीले १० मिलियन युनिट कार उत्पादन गरेको हो ।
सुरुवातमा यो कम्पनीले चार्ज गर्न मिल्ने ब्याट्री उत्पादनमा काम गरेको थियो । सन् १९९८ अर्थात स्थापनाको ३ वर्षमा नै कम्पनी संसारकै दोस्रो रिचार्जयवल ब्याट्री उत्पादन गर्ने कम्पनी बनेको छ । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बनेको छ।

सन् २००३ मा अटोमोटिभ उद्योगमा प्रवेश गरेको थियो । उत्पादन थालेको २१ वर्षमा नै १ करोड युनिट कार तयार पारेको हो । सुरुमा पेट्रोलियमबाट चल्ने कार बनाएको कम्पनीले सन् २००८ मा न्यु इनर्जी भेहिकल उत्पादन गरेको हो । बीवाईडीले सवारी साधन वाहेक ब्लेड ब्याट्री, डीएम हाइब्रिड सिस्टम, ई–प्ल्याटफर्म ३.० ईभो र डिसस सिस्टम जस्ता महत्वपूर्ण प्रविधिमा समेत उपलब्धि हासिल गरेको छ ।


नेपालमा साइमेक्स इंक बिवाईडीका लागि आधिकारिक बिक्रेता हो । बिवाईडी नेपालमा समेत लोकप्रिय ब्राण्ड हो । एकै वर्षमा ११ अर्ब रुपैयाँ बढीका कारहरु नेपालमा बिक्री भएको छ । कम्पनीको एट्रो(थ्री नेपालमा लोकप्रिय ब्राण्ड हो ।

(एजेन्सीहरु)

  :