काठमाडौैं– चिनियाँ बिद्युतीय गाडी (ईभी) निर्माता कम्पनी बीवाईडीले अर्को बर्ष सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री लञ्च गर्ने तयारी गरेको छ । गत नोभेम्बर २२ मा चाइनिज सरकारी सञ्चारमाध्यम सीजीटीएनसँगको एक अन्तरवार्तामा बीवाईडी सेन्ट्रल एसियाका प्रबन्ध निर्देशक तथा युरोपियन अटो सेल्स डिभिजनका प्रमुख काओ शुआङले उक्त कुरा बताएका हुन् ।
उक्त ब्याट्रीले गाडीको यात्राको दूरी बढाउनुका साथै ब्याट्रीको लाइफ साइकल पनि बढाउने शुआङको भनाई छ । हालै अजरबैजानको बाकुमा भएको युएन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज सम्पन्न भएपछि सीजीटीएनसँगको अन्तर्वार्तामा शुआङले बीवाईडीले विश्वभर नयाँ उर्जा गाडी उत्पादन र नवीनतम प्रविधिहरु उपलब्ध गराउँदै राम्रो उदाहरणहरु प्रस्तुत गरेको बताए ।
बीवाईडीले सबैभन्दा पहिले सन् २०२० मार्चमा फर्स्ट जेन ब्लेड ब्याट्री सार्वजनिक गरेको थियो । सो ब्याट्री लिथियम आइरन फस्फेट रसायनमा आधारित छ । हाल बीवाईडीका सबै मोडलमा यही ब्याट्री प्रयोग भइरहेको छ । हाल पावर ब्याट्री सेल उत्पादनको क्षेत्रमा बीवाईडी विश्वमै दोस्रो नम्बरमा पर्छ र केही वर्ष यतादेखि सो ब्याट्री अपडेट गरिएको छैन ।
(एजेन्सीहरु)
प्रतिक्रिया