२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

नामीको मूल्य बढ्यो




काठमाडौं– नामी ब्राण्डको ईभीको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि मोटोकर्पले भेरियन्ट अनुसार मूल्य बढाएको छ ।

कम्पनीका अनुसार नामी ई–१ को मूल्य २५ हजार बढाएर ३० लाख २४ हजार बनाइएको छ । यसअघि ई–१ भेरियन्ट २९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो ।
कम्पनीले ई–२ भेरियन्टको मूल्य ५० हजार बढाएर ३२ लाख ४९ हजार बनाइएको छ । यसअघि यस भेरियन्टको मूल्य ३१ लाख ९९ हजार थियो ।

नामीको टप भेरियन्ट ई–३ को मूल्य १ लाख रुपैयाँले बढाइएको छ । कम्पनीले यसको मूल्य ३४ लाख ९९ हजारबाट बढाएर ३५ लाख ९९ हजार रुपैयाँ बनाएको हो । साथै, ड्यूल कर भेरियन्टमा अतिरिक्त ५० हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

  :