काठमाडौं– लीप मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले लीप मोटर्सको सी–१० चितवनमा बिक्री शुरु गरेको छ । सांग्रिला मोटर्सले चितवनको लागि एबीएस एक्सपोर्ट इम्पोट प्रालिलाई डिलर नियुक्त गरि लीप मोटर्सको सी–१० को बिक्री शुरु गरेको हो ।
बिक्री शुरु गरेसँगै १० वटा लीप मोटर सी–१० ईभी ग्राहकहरुलाई डेलिभरी समेत गरिएको छ । लीप मोटरले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर सवारी प्रयोगकर्तालाई वातावरणमैत्री आरामदायी अनुभव दिने बताइएको छ ।
लीप मोटर्सको पहिलो उत्पादनको रुपमा नेपालमा बिक्री सुरु भएको सी–१० एसयूभी आकर्षक फिचर र बल्की डिजाइनको कारण छोटो समयमा सफलता पाएको मोडल भएको कम्पनीले जनाएको छ ।
लीप मोटर्सले सी–१०मा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
प्रतिक्रिया