काठमाडौं–टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले आज बिहिबारबाट ३ दिनसम्म ‘१२ः१२ एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ ।
यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर टाटा टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ का दिन टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुनेछ । क्याम्पमा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सकिने पनि कम्पनीले जनाएको छ ।
कार्यक्रममा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् । टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ समेत गर्न पाइनेछ ।
प्रतिक्रिया