फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

एक बर्षमा ४२ लाख ७२ हजार १४५ युनिट गाडी बेचेर बीवाईडीको रेकर्ड



काठमाडौं– बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरेर रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीका अनुसार यो संख्या गत बर्षको तुलनामा ४१.३ प्रतिशत बढी हो ।

बीवाईडीले पहिलोपटक ४० लाखभन्दा बढी कार बिक्री गरेको रेकर्ड पनि कायम गरेको छ । सन् २०२२ को अप्रिलदेखि बीवाईडीले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको उत्पादन बन्द गरी न्यू इनर्जी भेइकल उत्पादन गर्दै आईरहेको छ ।

२०२४ मा बीवाईडीले ४२ लाख ५० हजार ३७० युनिट प्यासेन्जर कार र २१ हजार ७७५ युनिट कमर्सियल सवारी साधन बिक्री गरेको छ । यस्तै कम्पनीले २४ लाख ८५ हजार ३७८ युनिट प्लग इन हाइब्रिड भेहिकल बिक्री गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७२.८ प्रतिशत बढी हो। कम्पनीले २०२३ मा १४ लाख प्लग इन हाइब्रिड भेहिकल बिक्री गरेको थियो।

चीन बाहिर ४ लाख १७ हजार २०४ युनिट गाडी बिक्री गर‍ेको कम्पनीले जनाएको छ। ती मध्ये ६ हजार युनिट नेपालमा बिक्री भएका हुन्। नेपाली बजारमा बीवाईडीको आधिकारिक वितरकको रुपमा साइमेक्स इंकले अल न्यु ई६, एम६, डल्फिन, एट्टो ३ र सिल बिक्री गर्दै आएको छ ।

  :