२४ पुस २०८१, बुधबार | Thu Jan 9 2025

जेएईको जे–सिक्सको अफरोड टेष्ट ड्राइभ गोकर्ण रिसोर्टमा सफलतापूर्वक सम्पन्न




काठमाडौं– ओमोडा एन्ड जेएईको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफरोड ट्र्याकमा ‘जेइको जे–सिक्स इन्डिभिजुअल–ह्विल ड्राइभ टेस्ट ड्राइभ–एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ आयोजना गर्दै उक्त टेष्ट ड्राइभबाट इलेक्ट्रिक गाडीले जस्तोसुकै अप्ठेरो भूभागहरु सजिलै पार गर्नसक्छ भन्ने कुरा प्रमाणित भएको छ ।


शनिबार आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफरोड एसयुभी जेइको जे–सिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको कम्पनीले जनाएको छ ।

गोकर्णमा सम्पन्न कार्यक्रममा अफरोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । सो कार्यक्रममा विशेष रूपमा तयार गरिएको अफरोड ट्र्याक मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ । ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स आदि समेटिएको थियो ।

कम्पनीले विज्ञप्ति जारी गर्दै विशेषगरी जेइको जे सिक्समा रूची राख्ने ग्राहकहरू केन्द्रित यस कार्यक्रममा जेइको जे सिक्सले डर्ट ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको जनाएको छ ।

कार्यक्रममा डर्ट–ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले निस्शुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ जस्ता क्रियाकलापमार्फत उत्साहजनक माहौल कायम राखे । एसपिजि अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटिका आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ ।

अल(ह्विल(ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जे(सिक्स इन्डिभिजुअल(ह्विल(ड्राइभ, प्रभावशाली पर्फमेन्स, अद्भुत पावर र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ(रोड ड्राइभिङको लागि उत्कृष्ट इलेक्ट्रिक एसयुभीको रूपमा स्थापित भएको छ ।

नयाँ जेइको जे–सिक्स इन्डिभिजुअल(ह्विल–ड्राइभ मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सुसज्जित रहेको छ । साथै नौ वटा ड्राइभिङ मोडसहित शक्तिशाली ड्युअल मोटर, ६९.६६ किलोवाट आवरको ब्याट्री र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ ।

एसपिजि अटोमोबाइल्सले साहसिक यात्रा गर्न खोज्ने अफरोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको सोरुममा गई नेपालकै पहिलो अत्याधुनिक इलेक्ट्रिक एसयुभीको प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

  :