काठमाडौं–ग्राहकहरुको मनोबैज्ञानिक भावनामा पहिलो रोजाईमा एफडीका बिद्युतीय स्कूटरहरु परेका छन् । नेपालमा उपलब्ध भएका इलेक्ट्रिक स्कुटर मध्ये, बिभिन्न ब्राण्डका स्कुटर खरीद गरेका ग्राहकहरुको मनोबैज्ञानीक अध्ययन गर्दा एफडीका बिद्युतीय स्कूटर प्रयोग गर्ने ग्राहकहरु सन्तुष्ट भएको पाइएको छ ।
हामीले ग्राहकहरुसँग जानकारी लिदा अन्य ब्राण्डको नयाँमा ६ देखि ८ महिनासम्म ठिकै चलेको, तर त्यपछि ब्याट्रीले रेन्ज एकदमै कम दिने, उकालो नतान्ने र प्लास्टिक पार्टस् समेत कुद्दा कुद्दै फुत्किने समस्या सुनाएका छन् । साथै पार्टस् फेर्दा कम्पनीले प्लेन बाट पार्टस् आयात गर्ने हुदा लागत नै महंगो पर्ने भनी ग्राहकहरुसँग महंगो मुल्य लिने गरेको गुनासो गरेका छन् । लगभग सबै ब्राण्डमा सोहि गुनासो हामीलाई विभिन्न ब्राण्डका स्कुटर खरीद गरेका ग्राहकहरुले बताएका छन् ।
यता एफडीका बिद्युतीय स्कुटरहरुमा भने ग्राहकहरुले हालको १२० कि मी रेन्जलाई २०० सम्म बनाएमा राम्रो हुने थियो भन्ने सुझाएका छन्, हाल उपलब्ध मोडेलमा सबै ठिकै भइरहेको, दुर्इ जना जस्तोसुकै बाटो तान्न सक्ने र चलाएको २ बर्ष सम्म कुनै सम्मया भने नआएको जनाएका छन् । हामीले पार्टस् मुल्य चर्को परेको छ कि भनेर बुझ्दा पेट्रोलको तुलनामा ५ देखि १० प्रतिशत महंगो भएको सुनाएका छन, तर साथीहरुले चलाउने अरु विद्युतिय स्कुटरको तुलनामा भने निकै सस्तोमा पार्टस् पाउने जनाएका छन् । साथै एफडीका बिद्युतीय स्कूटरहरुको पार्टस्को मुल्य कम्पनीले सोरुममा ग्राहकहरुलाई सोझै देखाइदिने हुदा भोली पार्टस्को मुल्यमा लुटतन्त्रमा परिने होला भनेर आफु नडराएको समेत बताएका छन् । हालसम्म आफुले १९००० कि मि चलाइ सकेको र एक पटक बेइयरीङ्ग फेर्नु पर्दा ३५० लागेको सुनाएका छन् ।
सोही क्रममा हामी बत्तीसपुतली काठमाडौ को एफडी सोरुममा बुझ्न जादा यस्तो पाईयो । कम्पनीका सीइओ सुजन ढुंगेलले बताए अनुसार बिषेशत यो स्कुटरमा प्रयोग भएको ब्याट्रीको टिकाउ धेरै हुने र यसमा नेपालको बाटो तान्न सक्ने नया प्रविधिको मोटर जडान भएकाले ग्राहको रोजाइमा एफडि पर्ने गरेको जनाएका छन् ।
अहिले नेपाली बजारमा विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कूटरहरु भित्रिरहेका छन् । तर पछिल्लो पटक ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले भित्र्याएको एफडी मोटर्सको इलेक्ट्रिक स्कूटरहरु ग्राहकहरुले निकै रुचाएका बताएका छन् र यसको कारण बारे उनी यसो भन्छन्– ठूला साइजको टायर, २०० एम एमको उच्च ग्राउण्ड क्लियरेन्स, ३ हजार वाट क्षमताको नया प्रविधिको मोटर, ७२ भोल्ट ४० एएचका (एलएफपी) लिथिएम आइरन फस्पेट ब्याट्री प्याक, साइड ड्राइभ मोटर लगायत प्रशस्तै विशेषताहरु रहेका कारण एफडीका स्कूटरहरु नेपाली बजारमा निकै लोकप्रिय रहेको छ । एफडीका बिद्युतीय स्कूटर नेपाली बजारका अन्य स्कूटरहरुको तुलनामा मूल्य किफायती रहेको कम्पनीले जनाएको छ । एफ फाइभ प्रो र एफ फाईभ ए प्रो गरि दुई वटा मोडलमा रहेको जनाएका छन्, र यसको मुल्य क्रमसः २,९९,९९९ र ३,२६,००० रहेको छ । एफडीको बिद्युतीय स्कूटरहरुमा कम्पनीले सामान्यतया ३ बर्ष वा २५ हजार किलोमीटरसम्मको वारेन्टी समेत दिएको रहेछ ।
कम्पनीका सीइओ सुजन ढुंगेलले बताए अनुसार अहिले कम्पनीले नयाँ स्कीम पनि ल्याएको छ । जस अनुसार ग्राहकहरुले कुनै पनि किसिमको पेट्रोलबाट चल्ने बाइक वा स्कूटर साट्न चाहने हो भने जति किलोमिटर पेट्रोल बाइक वा स्कूटर चलेको हुन्छ, त्यसमा १ हजार किलोमिटर थपेर कम्पनीले वारेन्टी दिने जानकारी दिएका छन् । पेट्रोलको बाइक तथा स्कूटरको तुलनमा एफडीका स्कूटर कम छैनन् भनेर नै कम्पनीले यस्तो स्कीम ल्याएको कम्पनीका सीइओ सुजन ढुंगेलले बताए । ग्राहकले पेट्रोल बाइक वा स्कूटर जस्तो बिजुली वाला हुदैन भन्ने मनोबैज्ञानिक धारणा एफडिले हटाउन सक्ने भएकाले यो योजना ल्याएको बताएका छन् । यदि कसैको पेट्रोल बाइक वा स्कूटर ३५००० कि मी कुदेको र एफडि सगं सट्टा गरेमा ३६००० कि मी को वारेन्टी कम्पनीले दिने जनाएका छन् ।
एफ फाइभ ए प्रो ले एकपटकको फुलचार्जमा कम्तीमा १२० किलोमीटर र एफ फाइभ प्रो ले ९० किलोमीटरसम्मको अधिकतम रेञ्ज दिने कम्पनीले जनाएको छ । घरको सामान्य प्लगमा चार्ज गर्दा करिब ४ घण्टामा फूल चार्ज हुने र यसमा फास्ट चार्जको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । जसले गर्दा २ घन्टामा फुल चार्ज गर्न सकिने छ ।
एफडीका बिद्युतीय स्कूटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको र यसमा २ सय एमएमको ग्राउण्ड क्लियरेन्स भएर नेपालको भूगोल अनुसार यो निकै प्रभावकारी देखिएको कम्पनीले जनाएको छ । अरु कुनै ब्राण्डको बारेमा बुझ्न मन भएमा हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।
प्रतिक्रिया