माघ १३, २०८२ सोमबार | Tue Jan 27 2026

नक्सालमा नामीको अत्याधुनिक शोरुम, टेष्ट ड्राइभ क्याम्प शुरु




काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिले आयात गर्दै आएको चिनियाँ ब्राण्ड डोङफेङ नामीले काठमाडौंको नक्सालस्थित नागपोखरीमा अत्याधुनिक नयाँ शोरुम स्थापना गरेको छ ।


नयाँ शोरुम उद्घाटनसँगै नामीले सीमित समयका लागि अफरसहित मेगा टेस्ट ड्राइभ क्याम्प सञ्चालन गरेकोे छ ।
नयाँ शोरुम उदघाटन डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतले संयुक्त रुपमा गरेका थिए ।

एमएडब्ल्यू वृद्धिका अध्यक्ष अग्रवालले नेपालमा अत्याधुनिक शोरूम खोल्न पाउँदा खुसी लागेको भन्दै यसले बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउने बताए । कम्पनीले चाँडै नामीको लागि डेडिकेटेड सर्भिस सेन्टर समेत संचालन गर्ने जनाएको छ । एमएडब्लू वृद्धिले देशैभरी ८० भन्दा बढी स्थानमा सीसीएसटूको फास्ट चार्जर समेत स्थापना गरिसकेको छ ।
यस्तै नयाँ शोरूममा ११ देखि १६ जनवरीसम्म आयोजना हुने मेगा टेस्ट ड्राइभ क्याम्पमा ग्राहकहरुलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।


कम्पनीका अनुसार ग्राहकले ‘नाउ अर नेभर’ मेगा अफरबाट ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट पाउने छन् । यसबाहेक गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे गर्न पाउनेछन् । साथै ग्राहकले पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन् । सुरुवातको एक महिना भित्रै नामीले ४०० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको कम्पनीको भनाइ छ ।

  :