काठमाडौं– एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै विशेष योजना ल्याएको छ। यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने समेत कम्पनीले विश्वास लिएको छ ।
माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुने यस नयाँ योजनाअन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । यस योजनामा माउन्टेन ईभीको लागि ९.९९ लाख रूपैयाँ र टीएमवानको लागि ५.९९ लाख रूपैयाँसम्मको डाउनपेमेन्ट पनि समावेश रहेको कम्पनीले जनाएको छ। यसबाट विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने कम्पनीले विश्वास लिएको छ ।
यसका साथै, ग्राहकहरूले आर्थिक वर्ष २०८१/८२ को लागि एकवर्षको निस्शुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरू पाउनुका साथै घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि निस्शुल्क पाउनेछन् । यसमाथि अझै मूल्य थप्न यो योजनाले निस्शुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप अप बेस्ट भ्यालुएसन बोनस पनि समेट्ने कम्पनीले जनाएको छ ।
यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाई छ। ।
प्रतिक्रिया