३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

लुयान र इकुटर ब्रान्डका इलेक्ट्रिक स्कूटर किन्ने ग्राहकले २० हजार छुट पाउने



काठमाडौं– आजदेखि भृकुटीमण्डपमा आयोजना भएको आँठौ चेम्वर एक्सपोमा जेरो एमिसन राइड एनले विशेष अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत लुयान र इकुटर ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कूटर खरिद गर्ने ग्राहकले २० हजार नगद छुट पाउनेछन् । यो अफर केवल नगद खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ ।

नगदमा खरिद गर्न नसक्ने ग्राहकहरूका लागि सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ भने एक्सचेन्ज अफर समेत प्रदान गरिने कम्पनी भनाई छ ।

जेरो एमिसन राइड एनले नेपालमा ६ वर्षभन्दा बढी समयदेखि इलेक्ट्रिक स्कूटरको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।

नेपालको सबैभन्दा ठूलो सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सहित २ हजार भन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको यस कम्पनीले अब अझ व्यापक रूपमा ग्राहकलाई उत्कृष्ट सेवा दिने योजना बनाएको छ । अफर माघ २१ सम्म लागु हुनेछ ।

  :