काठमाडौं– नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प भएको याडिया इलेक्ट्रिक स्कुटरको ‘एपोक’ स्कुटरका नेपाली बजारमा बिक्री शुरु भएको छ । याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले बिक्री सुरु गरेको हो ।
याडिया एपोकमा ७२ भोल्ट ३८ एम्पियर आवरको ग्रेफिन ब्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा १५० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ । साथै यसमा जडान गरिएको ३ हजार वाट क्षमताको ह्विल हब मोटरले १५० एनएम टर्क प्रदान गर्दछ ।
स्कुटरमा ३८० एमएम पेडल स्पेस, राखिएको छ, जसले थप आरामदायक यात्राको सुनिश्चितता गर्छ भने ६३० एमएम लामो सिटका कारण दुईजना यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । साथै यसमा ३० लिटर क्षमताको स्टोरेज बक्स राखिएको छ ।
सुरक्षित यात्राका लागी यसको दबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । यस स्कुटरमा १७० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ । कम्पनीले यसको मूल्य २ लाख ३५ हजार रुपैयाँ तोकेको छ । कम्पनीले यसको ब्याट्री र मोटरमा २ वर्ष अर्थात २० हजार किलोमिटर वारेन्टी रहेको पनि जनाएको छ ।
लगातार ७ वर्षसम्म विश्वकै अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्डका रुपमा परिचित याडियाले हालसम्म १० करोडभन्दा बढी यूनिट स्कुटर बिक्री गरिसकेको छ ।
प्रतिक्रिया