काठमाडौं– सशीला मोटर्स प्रालिले काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित काव्य स्कूललाई एकैदिन १६ वटा हाइगर ईभी भ्यान हस्तान्तरण गरेको छ । काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा सशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।
विद्यालयले १६ सिट क्षमताका ४ र १४ सिट क्षमताका १२ वटा हाइगर ईभी भ्यान खरिद गरेको हो । कार्यक्रममा प्रिन्सिपल बास्कोटाले हाइगर ब्राण्डको विश्वसनीयता र सशीला मोटर्सको सर्भिसका कारण विद्यालयले हाइगर इभी भ्यान रोजेको बताए ।
सशीला मोटर्सका प्रबन्ध निर्देशक खतिवडाले गाडी बिक्री मात्र नभई बिक्रीपछिको सेवा प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।
सशीला मोटर्स नेपालमा कमर्सियल गाडीहरूको बिक्री तथा वितरणमा स्थापित डिलर हो। कम्पनी विश्व प्रसिद्ध हाइगर ब्राण्डको आधिकारिक बिक्रेता रहेको छ । हाइगरले १३० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको छ भने ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि समेत प्राप्त गरेको छ ।
प्रतिक्रिया