१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

बसुन्धरामा ओमोडाको नयाँ शोरुम सञ्चालनमा



काठमाडौं–ओमोडा एन्ड जेको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा जेकोको बसुन्धारा शोरुम सञ्चालनमा ल्याएको छ ।


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ शोरुमको उदघाट्न गरेका हुन् । कार्यक्रममा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एबीटी मोटर्सको तर्फबाट प्रबन्ध निर्देशक सचिनकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । एबीटी मोटर्स एसपीजी अटोमोबाइल्सको आधिकारिक डिलर हो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने– ‘विद्युतीय समानहरुको जुन प्रवद्धन भइरहेको छ । यसमा मलाई अत्यन्त खुसी लाग्ने गर्दछ ।

  :