३० फाल्गुन २०८१, शुक्रबार | Sat Mar 15 2025

न्यून अग्रिम भुक्तानीमा दिगो डाँफे बिद्युतीय भ्यान किन्न सकिने




काठमाडौं– दिगो डाँफे विद्युतीय स्कूल न्यून अग्रिम भुक्तानीमा प्राप्त गर्न सकिने भएको छ । भ्यान ८० प्रतिशतसम्मको फाइनान्स सुविधासहित उपलब्ध गराइने दिगो गु्रपले जनाएको छ ।

यो भ्यान विद्यालयहरूका लागि आर्थिक रूपमा पनि लाभदायक विकल्प बनेको छ । साथै पुराना गाडी साटेर नयाँ दिगो डाँफे खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध भएको दिगोले जनाएको छ ।

६० किलोवाटको शक्तिशाली मोटरको साथमा यो भ्यान स्कूल यातायातको लागि एकदमै भरपर्दो साबित भएको छ । एक पटकको चार्जमा दिगो डाँफेले ३०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

यसमा रहेको एबीएस र ईबीडीसहितको उन्नत ब्रेकिङ प्रणालीले आकस्मिक परिस्थितिमा सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ ।

  :