काठमाडौं– नेशनल मोटर्स नेपाली बजारमा चिनियाँ ब्राण्ड आरजेडएम अटोको इलेक्ट्रिक भ्यान भित्र्याएको छ ।
कम्पनीले पहिलो चरणमा १५ र १६ सिटे हाइरुफ भ्यान भित्र्याएको हो ।
कम्पनीले आजदेखि नै यी भ्यानहरुको बिक्री शुरु गरेको छ । पछिल्लो समयमा नेपाली बजारमा उच्च माग रहेको १५ सिटे ई–५ ईभी र १६ सिटे आर–५ ईभी भ्यान ल्याएको हो । १५ सिटे ई–५ ईभीको लम्बाइ ५३०० एमएम, चौडाइ १७०० एमएम, उचाइ २२६० एमएम रहेको छ । यो ईभीमा सीएटीएलको ५३.५८ किलोवाट आवरको थर्ड जेनेरेशन ब्याट्री प्याक रहेको छ ।
ई–५ ईभीले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ । यस भ्यानमा १०० किलोवाटको मोटर रहेको छ । यसको पिक टर्क २७० न्यूटन मिटर सम्मको रहेको छ ।
त्यस्तै, १६ सिट क्षमताको आर–५ ईभीको लम्बाइ ५४६० एमएम, चौडाइ १८८० एमएम र उचाइ २३९५ एमएम रहेको छ । यो ईभीमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्याक रहेको छ ।
आर–५ ईभीले एकपटकको फुलचार्जमा ३३० किलोमिटरसम्मको रेन्ज दिन्छ । रियरह्वील ड्राइभ १६ सिटे यो भ्यानमा १२० किलोवाटको मोटर दिएको छ । यसको पिक टर्क ३३० न्यूटन मिटरको हो ।







प्रतिक्रिया