७ असार २०८३, आइतबार | Sun Jun 21 2026

झण्डै ५ करोडको ईभीको नेपालमा ६ युनिट बुकिङ




काठमाडौं–नेपाल भित्रिएका बिद्युतीय सवारी साधनमध्ये सबैभन्दा महंगो जर्मन लक्जरी स्पोर्ट कार ब्रान्ड पोर्साको म्याकन फोर इलेक्ट्रिक गाडी ६ वटा बुकिङ भएको छ ।

काएरोस इन्टरनेसनल कम्पनीले नेपाल ल्याएको ४ करोड ९५ लाख रुपैयाँ पर्ने टाइकन फोर एस इलेक्ट्रिक गाडी जावलाखेल डिस्टिलरीका राजबहादुर शाहले किनेका थिए । यो गाडीमा २८५ किलोवाट क्षमताको मोटर पावर छ। यसले ३८२ हर्सपावर दिन्छ।

यसमा लन्च कन्ट्रोलका साथ ओभर बुस्ट पावर ३०० किलोवाट क्षमताको छ। पोर्सा जर्मन विलासी स्पोर्टस कार उत्पादक कम्पनी हो। पोर्साका कारहरू निकै शक्तिशाली मानिन्छ ।

  :