काठमाडौं– जीएसी एवोनको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटर्सले एवोन वाई र भी मोडलको गाडीको टेस्ट ड्राइभ गर्नेलाई निःशुल्क सिनेमाको टिकट उपलब्ध गराउने घोषणा गरेको छ । सीजी मोटर्सले चिनियाँ ब्राण्ड जीएसीको एवोन ब्राण्डका वाई र भी मोडल ल्याएर बिक्री गर्दै आएको छ ।
जीएसी एवोन वाई नेपालमा बिक्री सुरु भएको झण्डै एक वर्ष पुग्न लागेको छ । त्यसैगरी एवोन भी भने एक महिना मात्रै नेपालमा बिक्री सुरु भएको हो । कम्पनीले एवोन वाई एउटा मात्रै भेरियन्टमा उपलब्ध गराएको छ । यसको मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
सीजी मोटर्सले एवोन भीलाई भने दुई भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले यसको मूल्य सर्ट रेन्ज भेरियन्टको ६४ लाख ९९ हजार र लङ रेन्ज भेरियन्टको ६९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
प्रतिक्रिया